२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदानको चामलबाट मदिरा

अ+ अ-

जुम्ला । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।

संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ । अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ । ‘अरुवा मोटो चामलबाट घरेलु मदिरा निकै राम्रो बन्छ, यसबाट बनाएको मदिरा प्रतिबोतल सय रुपैयाँमा बिक्री गर्छौं । अनुदानको चामल खानुभन्दा मदिरा बनाउँदा फाइदा छ’, पातारासीका धनराज बुढाले भने, ‘मदिराबाटै कमाएको पैसाले बजारमा पाइने महँगो चामल किनेर खान्छौँ । महँगो चामलले मदिरा बनाउन सकिन्न, अनुदानको चामलले फाइदा गर्‍यो ।’

कर्णालीका हुम्ला, मुगु, डोल्पा र भेरी जाजरकोटका विभिन्न गाउँमा यतिखेर अनुदानको चामल समयमै नपुगेका कारण खाद्य संकट भइरहेको छ । जुम्लावासीले भने अनुदानको चामलबाट मदिरा बनाई महँगोमा बेचेका हुन् । जुम्लामा संस्थानले प्रतिउपभोक्ता दुई बोरा अर्थात् ६० केजी चामल दिने व्यवस्था गरेको छ तर स्थानीले एकै घरका धेरैजनालाई लाममा राखेर एकमुष्ट १०–१५ बोरासम्म चामल लिने गरेको पाइएको छ ।

कतिपय घरेलु मदिरा उत्पादक व्यापारीले हिउँदमा बनाएको मदिरा चैत–वैशाखमा यार्सा टिप्न पाटन जाँदा यार्सासँग साट्ने गर्छन् । ‘संस्थानको चामल मात्रै पकाउँदा भात स्वादिलो हुँदैन, घरेलु चामलसँग मिसाएर प्रयोग गर्नुपर्छ, हामीकहाँ घरेलु चामल उत्पादन हुन्न । त्यसैले अनुदानको सस्तो चामल किनेर मदिरा बनाउँछौं, स्वादिलो चामल किनेर खान्छौं’, छुमचौरका ताराबहादुर बोहोराले भने ।

संस्थानको चामलले गाउँमा मदिरा बनाउने होड चलेको छ । ‘संस्थानलाई जसरी पनि चामल बेच्नु छ, स्थानीयलाई मदिरा बनाउनु छ, कसले निगरानी गर्ने ?’, पातारासीका मणिकृष्ण बुढाले भने, ‘सदरमुकामका भोटे समुदाय तथा पातारासी र गोठीचौर गाउँपालिकाका खसान समुदायले बढी मात्रामा अनुदानको चामल लिएर मदिरा बनाउने गरेका छन् ।’

तर, सर्वसाधारणले भने बिहे, भोजभतेरका लागि भन्दै संस्थानबाट चामल लिने गरेका संस्थान प्रमुख रणबहादुर ऐरले बताए । संस्थानको चामल केका लागि प्रयोग हुन्छ भन्नेबारे अहिलेसम्म अनुसन्धान नगरिएको उनको भनाइ छ । खाद्य संस्थानबाट अहिले अरुवा मोटो चामल प्रतिकिलो ४०, अरुवा मकवानपुर ३९, उसिना चामल ३४, मध्यम ४५ र सोना मन्सुली ४९ रुपैयाँमा चामल बिक्री भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments