भ्रमणले नेपाल भारतबीचको सम्बन्ध मजबुत बनाउने –स्वराज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भ्रमणले नेपाल भारतबीचको सम्बन्ध मजबुत बनाउने –स्वराज


प्रशासन विशेष ब्युरो

१८ माघ २०७४, बिहिबार


काठमाडौँ । भारतकी बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको वताएकीछिन् ।

अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भनिन्, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।”

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी ओली, र राजपा नेता लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस