फुल्चोकीमा हराएका विद्यार्थी जोन तामाङ सकुसल भेटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फुल्चोकीमा हराएका विद्यार्थी जोन तामाङ सकुसल भेटिए


प्रशासन विशेष ब्युरो

१७ माघ २०७४, बुधबार


काठमाडौं । फुल्चोकीबाट फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जोन तामाङ भेटिएका छन् ।

तामाङ फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताएका छन् ।

सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा उनी भेटिएका हुन्।

ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत तामाङ गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए।

प्रतिक्रिया दिनुहोस