६५ वर्षमै बृद्ध भत्ता ! भूकम्प पीडितलाई थप एक लाख अनुदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६५ वर्षमै बृद्ध भत्ता ! भूकम्प पीडितलाई थप एक लाख अनुदान


प्रशासन विशेष ब्युरो

१० माघ २०७४, बुधबार


काठमाडौँ । सरकारले ७० वर्षपछि दिइदै आएको वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले ५ वर्ष घटाएर ६५ वर्षमै दिने भएको हो ।

त्यस्तै सरकारले भूकम्प र बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गर्दै भूकम्पपीडितले पाउने किस्ता रकमको पनि समयावधि थप्ने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस