कक्षा ११ को नतिजा सार्वजनिक « प्रशासन
prasaLogo
३० पुष २०७४, आइतबार

कक्षा ११ को नतिजा सार्वजनिक


प्रकाशित मिति : 14 January, 2018 8:09 am

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी सहभागि भएका थिए । जस मध्ये ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ ।

गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् ।

नतिजा https://neb.edusanjal.com/हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस