२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् ।

उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

अरुण वनस्पती उद्योग, विराट सु, बुटवल स्पिनिङ मिल्स, फ्ल्यूर हिमालय, गोरखाली रबर उद्योग, हरिसिद्धी इँटा तथा टायल उद्योग, ज्योति स्पिनिङ मिल, रघुपति जुट मिल, नेपाल बिटुमिन तथा व्यारेल उद्योग, भृकुटी पल्प एण्ड पेपर, नेपाल खाद्य उद्योग र नेपाल वनस्पती घ्यु उद्योग लिमिटेड स्टकको सम्पर्कमा रहेका छैनन् ।

सम्पर्कमा नरहेका उद्योगमध्ये अधिकांश सरकारी स्वामित्वका र निजीकरण गरिएका उद्योग छन् । विगतमा राम्रो उत्पादन गरेका र सरकारलाई समेत पर्याप्त आम्दानी गराएका उद्योग बन्द हुनु र नेप्सेमा समेत जानकारी नहुनु दुःखद् रहेको बताइन्छ । ती उद्योग तथा संस्थाले नेप्सेमा नवीकरण शुल्कसमेत बुझाएका छैनन् । नियमअनुसार न्यूनतम १५ हजारदेखि अधिकतम ५० हजारसम्म वार्षिक नवीकरण शुल्क तिर्नु पर्दछ ।

सम्पर्कमा नरहेका कम्पनी तथा उद्योगलाई सम्पर्कमा आउन र आफ्नो कारोबारको विषयमा जानकारी दिन नेप्सेले आग्रह गरेको छ । सम्पर्कमा नरहेका उद्योगमा रहेको सरकार, नागरिकको लगानीको अवस्था के–कस्तो छ भन्नेसमेत जानकारीमा आउन सकेको छैन । दुई साता पहिले कूल ३४ वटा त्यस्ता उद्योग वा संस्थालाई सम्पर्कमा आउन नेप्सेले पत्र काटेको थियो । पत्र काटेपछि केहीले पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको प्रवक्ता मुराहरि पराजुलीको भनाइ छ ।

यस्तै क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, हिमालय फाइनान्स, नेपाल सेयर मार्केट लिमिटेड, ललितपुर फाइनान्स, नेपाल फाइनान्स र बल्र्ड मर्चेन्ट बैंकले साधारणसभा नगरेको समस्यामा परेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका ती वित्तीय संस्था केही सम्पर्कमा आएका छन् । ‘केहीले साधारणसभाको तयारी गरेको जानकारी गराएका छन् भने केही अझै सम्पर्कमा आएका छैनन्’– नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए ।

यस्तै समस्याग्रस्त घोषित ललितपुर फाइनान्सले राष्ट्र बैंकबाट उन्मुक्ति पाएको र छिट्टै साधारणसभा गर्ने जानकारी गराएको छ । बल्र्ड मर्चेन्ट बैंकले साधारणसभा गर्ने तयारीमा रहेको बताएको छ । सिनर्जी फाइनान्सलाई पनि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६५÷६६ देखि नै वार्षिक लेखा परीक्षण नगरेको पाइएको छ । नेप्सेले उक्त कम्पनीलाई पत्र पठाएर आफ्नो अवस्थाका बारेमा जानकारी दिने भनेको छ ।

नेप्सेले पत्र पठाएकामध्ये विशाल बजार कम्पनी र मेघा बैंक लिमिटेडले साधारणसभा गरेको जानकारी गराएको प्रवक्ता पराजुलीले बताए । सेन्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरेको जानकारी गराएको छ ।

मेघा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको र शेयर मूल्यसमेत समायोजन गरिसकेको बताएको छ । नेप्सेमा कूल १५ समूहमा विभक्त भएका २०६ वटा कम्पनी सूचीकृत रहेको र कारोबार गरिरहेको भए पनि औशतमा १७० कम्पनीको मात्रै नियमित कारोबार भएको देखिन्छ । नेपालको पूँजीबजार १६ खर्बको रहेको छ । बजार विस्तारका लागि विभिन्न उपाय अपनाउने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ ।

0 Comments