२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारणको माग पुरानै शैलीमा रानीपोखरी पुनः निर्माण गरिनुपर्छ

अ+ अ-

काठमाडौं । सरोकारवालाले रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा गरिनुपर्नेमा जोड दिएका छन् ।

रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गठन गरिएको थियो ।

उक्त समूहले गत मंगलबारबाट पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणको धारणा लिन सुझाव आह्वान गरेको थियो । समयसीमाभित्रै रहेर प्रायः सबै सर्वसाधारणले पुरानै शैलीमा रानीपोखरीको पुनःनिर्माण गर्न सुझाव दिएका कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।

ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा हुनुपर्ने उनीहरुको जोडदार माग रहेको विज्ञ समूहको संयोजकसमेत रहनुभएका शर्माले बताए ।

सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आ–आफ्ना सुझावका दिएका थिए । देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।

सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिनेछ । प्रताप मल्लकालीन शैलीमै रानीपोखरी पनि पुनःनिर्माण गरिने निर्णय पनि भइसकेको छ । विसं २०७२ को भूकम्पले करिब ४०० वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।

यता विज्ञ समूहले पनि आजदेखि प्रतिवेदन तयार पार्न शुरु गरेको छ । पुस १३ गते बसेको महानगरपालिकाको बैठकले १५ दिन भित्र प्रतिवेदन तयार पार्न सो समूमहलाई निर्देशन दिएको थियो । समूहले पुस २७ गते प्रतिवेदन पेश गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस