सीमा क्षेत्रमा प्रहरी एकाइ स्थापना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीमा क्षेत्रमा प्रहरी एकाइ स्थापना


प्रशासन विशेष ब्युरो

२२ पुस २०७४, शनिबार


नुवाकोट । बाहिरी जिल्लासँग सीमा जोडिएको नुवाकोटका दुई स्थानमा नेपाल प्रहरी युनिट (पोष्ट) एवं प्रहरी जाँच केन्द्र स्थापना भएको छ ।

अस्थायी प्रहरी युनिट स्थापनाअन्तर्गत शिवपुरी गाउँपालिका–६ समुद्रादेवीको गुर्जेभञ्ज्याङमा शुक्रबारदेखि प्रहरी एकाइ सञ्चालनमा आएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । जिल्ला सुरक्षा समितिको यही पुस १३ गते बसेको बैठकले अस्थायी प्रहरी एकाइ स्थापना गर्ने निर्णय गरेअनुसार गुर्जेभञ्ज्याङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको प्रहरी टोलीले सेवा पु¥याउन शुरु गरेको छ ।

छहरे–टोखा–काठमाडौं सडकखण्ड अन्तर्गतको सीमा नाका, जिल्ला सदरमुकामदेखि ४० किमी टाढाको दूरी तथा ककनी–सिक्रे र सिन्धुपाल्चोकसँग चौबाटाका रुपमा रहेकाले नागरिक सुरक्षाका लागि गुर्जेभञ्ज्याङमा प्रहरी एकाइ स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक कुँवरका अनुसार नयाँ स्थापित प्रहरी एकाइले काठमाडौँतर्फ जाने र आउने सवारी साधन तथा यात्रुको जाँच गरी सुरक्षा व्यवस्था मजबुत बनाउन प्रयत्न गर्नेछ ।

यस्तै सुरक्षा समितिको निर्णयअनुसार तार्केश्वर गाउँपालिका–१ दाङसिंहमा पनि अस्थायी प्रहरी एकाइ स्थापना गर्न आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ ।

तार्केश्वर गाउँपालिकाभित्र तारुकामा प्रहरी चौकी भए पनि भौगोलिक रुपमा दाङसिंहसहित आसपासको क्षेत्र प्रहरी एकाइबाट टाढाको दूरीमा पर्ने, धादिङसँग सीमा जोडिएको नाका क्षेत्र, नुवाकोटदेखि धादिङसम्म जोडिएको प्रमुख ग्रामीण सडकखण्ड पर्ने र भौगोलिक रुपमा समेत जिल्ला सदरमुकामदेखि २५ किमीको दूरीमा रहेकाले प्रहरी एकाइ स्थापना गर्न लागिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस