निर्वाचन आयोगले गरेको खर्चमाथि लेखापरीक्षण शुरु, ठूलो रकम अनियमितता भएको अनुमान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोगले गरेको खर्चमाथि लेखापरीक्षण शुरु, ठूलो रकम अनियमितता भएको अनुमान


प्रशासन विशेष ब्युरो

१९ पुस २०७४, बुधबार


काठमाडौं । निर्वाचनका बेला टेण्डर प्रक्रिया अपनाउनु नपर्ने प्रावधानको दुरुपयोग गर्दै आफु खुसी निर्णय गरिएका निर्वाचन आयोगका चर्तिकलाहरु एक एक गरी बाहिर आउन थालेका छन् ।

महालेखा परीक्षकको कार्यालयले निर्वाचनमा भएको खर्चबारे लेखा परीक्षणका क्रममा दुइ तहका निर्वाचनका क्रममा बिभिन्न शिर्षकमा गरिएका खर्च अनियमित देखिएको प्रारम्भिक अनुमान गरिएको छ ।

सामान खरिद देखि बिभिन्न संचारमाध्यममा प्रकाशित÷प्रशारित विज्ञापनमा ठूलो कमिसनको खेल हुनुका साथै टिसर्ट खरिदमा समेत अनियमितता भएको स्रोतले जानकारी दिएको छ । आयुक्त देखि कर्मचारीसम्मले आ आफ्नै मनखुसि संचारमाध्यमलाई बिज्ञापन दिने क्रममा आयुक्त इला शर्माले विवाद गरेपछि कमिसनको खेल बाहिर आएको हो ।

लेखा परीक्षणका क्रममा मतदाता शिक्षाका नाममा एक अर्व रुपैयाँको हाराहारीमा अनियमित खर्च गरिएको प्रारम्भिक अनुमान गरिएको छ । स्रोतले भन्यो –धेरै स मान खरिद देखि बिभिन्न सञ्चारमाध्ययमामा प्रकाशित विज्ञापनमा कमिशनको ठूलो खेल भएको छ ।

मतगणनाका क्रममा बदर मत पत्र हेरेरै पनि थाहा हुन्छ कि आयोगको मतदाता कार्यक्रम कति प्रभावकारी भएको रहेछ भनेर । त्यसैगरी तीन करोडको लागतमा ६० हजार थान टिसर्ट क कसलाई बाँडियो भन्ने हिसाव किताव समेत छैन । आयोगमा भएको अनियमिततामाथि अख्तियारमा उजुरी नलाग्ने प्रावधानको फाइदा उठाउदै आयुक्तहरुले गरेको मनोमानीमा केही कर्मचारीको समेत साँठगाँठ रहेको विश्वस्त स्रोतले बताएको छ ।

नियम विपरित काम गर्न नमान्ने सचिवलाई सरुवा गर्ने देखि खाजा खर्चकै नामा एकै दिनमा पाँच हजारसम्मको बिल पेश गरेको तथा सामानहरु घर भित्र्याउने सम्मका घटनाहरु बाहिर आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस