उपरथी कडायत र डा. राईलाई दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपरथी कडायत र डा. राईलाई दर्ज्यानी चिन्ह प्रदान


प्रशासन विशेष ब्युरो

१८ पुस २०७४, मंगलबार


काठमाण्डौ १८ पुस । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नती भएका झंकरबहादुर कडायत र डा. शशी राईलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज एक समारोहकाबिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सेनाको सुदुरपश्चिम पृतना मुख्यालयकामा कार्यरत सहायक रथी झंकरबहादुर कडायत र सैनिक स्वास्थ्य महानिर्देशनालयमा प्राविधिक रहेका सहायक रथी डा. श्री शशी राईलाई सरकारले पौष १३ गते उपरथीमा पदोन्नती गर्ने निर्णय गरेको थियो ।

पदोन्नती भएका दुवैजनालाई आज सेनाको जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

उपरथीमा पदोन्नोती भएका कडायतलाई सुदुरपश्चिम पृतना मुख्यालयको प्रमुख र डा। राईलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिईएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिज्ञप्ति मार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस