राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते


प्रशासन विशेष ब्युरो

१८ पुस २०७४, मंगलबार


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते गर्न प्रस्ताव गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा सदस्य निर्वाचन माघ २५ गते बिहीबार हुने गरी मिति घोषणा गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

देउवाले मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रियसभा निर्वाचनबारे परामर्श गरेका थिए । प्रधानमन्त्री देउवा देउवाले आगामी मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा हुने बताएका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मिति घोषणा भएपछि एक महिना समय चाहिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस