वडा सचिवको नाउँमा दुई करोड बेरुजु, वडा सचिव बेखबर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वडा सचिवको नाउँमा दुई करोड बेरुजु, वडा सचिव बेखबर


प्रशासन विशेष ब्युरो

१८ पुस २०७४, मंगलबार


काठमाडौं । गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीको नाउँमा दुई करोड रुपैँयाभन्दा बढी रकम बेरुजु देखिएको छ ।

गाविसको नाउँमा रहेको बैंक खाताबाट रकम झिकेको भए पनि दर्जीले सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको देखिएको हो । आव २०७२/७३ र २०७३/७४ मा वडासचिव दर्जीले भुक्तानी गरेको रकमका बिल तथा भरपाइहरु महालेखा परीक्षकको कार्यालय काठमाडौँले लेखा परीक्षणका क्रममाः फेला नपारेपछि सचिव दर्जीको नाउँमा बेरुजु देखिएको हो ।

हंशपुरका वडाध्यक्षसँग तीन दिनको घरबिदा लिएका सचिव दर्जी पाँच महिना हुँदासमेत कार्यालय फर्केका छैनन् । दर्जी गत साउन ३ गते कार्यालयबाट घरबिदामा गएका थिए ।

स्याङ्जाको साविक रापाकोट गाविस–२ खेवाङ घर भएका दर्जीको दरबन्दी इलाका हुलाक कार्यालय सौरपानी गोरखामा थियो । २०७० पुस १९ गते खरिदार पदमा नियुक्त भएका उनलाई हुलाक सेवामा कार्यरत रहँदै गर्दा मुच्चोक र हंशपुर गाविस हेर्नेगरी सचिवको जिम्मेवारी दिइएको थियो ।

स्थानीय विकास अधिकारी नारायण आचार्यले वडासचिव दर्जीको नाउँमा बेरुजु देखा परेकाले खोजी गरिएको बताए । उनले भने, “पत्राचार गरेर सम्पर्कमा आउनु भनेका थियौँ, तर उनी सम्पर्कमा आएनन्, अब प्रहरी लगाएर भए पनि खोजी गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस