पूर्वडीआईजी नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वडीआईजी नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी


प्रशासन विशेष ब्युरो

१८ पुस २०७४, मंगलबार


काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ गर्न पूर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गएका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो ।

सर्वोच्चमा मुद्दा हारेपछि एमाले प्रवेश गरेका सिलवाल भने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस