एक वर्षमा सरकारले बाँड्यो ८३ करोड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एक वर्षमा सरकारले बाँड्यो ८३ करोड


१७ पुस २०७४, सोमबार


काठमाडौं । सरकारले एक वर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ । सर्वसाधारणले यस्ता कार्यको जति नै विरोध गर्दै आए पनि सरकारले दलका नेता कार्यकर्तालाई नियमविपरीत राज्य कोषबाट करोडौं रुपैयाँ बाँड्न छाडेको छैन ।

पछिल्लो समय सरकारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषद् उपाध्याक्ष रहेका गिरीलाई २५ लाख रुपैयाँ र पूर्वसभामुख एवम् नेपाली कांग्रेस नेता तारानाथ रानाघाटलाई ७० लाख रुपैयाँ उपलब्ध गराएको छ।

‘तत्कालीन मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरीलाई आर्थिक सहायता उपलब्ध गराउने प्रस्ताव उर्जामन्त्री कमल थापाले ल्याउनुभएको थियो । प्रस्तावमा प्रधानमन्त्रीले टाउको हल्लाएर समर्थन जनाउनुभयो । बिरामी भएकाले मानवीय आधारमा पनि सहयोग उपलब्ध गराउनुपर्छ भनेर प्रस्तावको कसैले पनि विरोध गरेनन्,’ रक्षामन्त्री भीमसनेदास प्रधानले भने । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस