२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गीय कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक

अ+ अ-

काठमाडौं । सुदूरपूर्वी नेपालको ४०/५० वर्षअघिको यथार्थ जनजीवनको घटनालाई समेटेर साहित्यकार स्वर्गीय रविन्द्र कार्कीले लेखेको उपन्यास ‘बोर्डर’ सार्वजनिक गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला, साहित्यकार विप्लव प्रतिकलगायतले उपन्यास सार्वजनिक गरे ।

सो अवसरमा उपकुलपति काइँलाले नेपालको हरेक सिमानामा नेपालीले सदियौँदेखि भोग्नुपरेका समस्यालाई उपन्यासले सरल र सहज ढंगले समेटेको बताए ।

उनले भने, ‘उपन्यासमा सीमावर्ती झापाका ग्रामीण बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदिको सजिव प्रस्तुति त छँदैछ, समाजको समग्र चित्रण ‘बोर्डर’को क्यान्भासमा देख्न सकिन्छ, त्यहाँको सामाजिक जीवनको एक कालखण्डलाई उपन्यासकारले मिहिन ढंगले केलाएका छन् ।’

उपन्यासले नेपाली साहित्यमा एउटा निश्चित ठाउँ बनाउने विश्वास व्यक्त गर्दै उनले सरल भाषामा लेखिएकाले पनि उपन्यास आम पाठकले रुचाउने बताए ।

उनले भने, ‘यस उपन्यासको कथाको पृष्ठभूमि सर्वथा नौलो छ, लेखकको यो पहिलो उपन्यास हुँदाहुँदै पनि उपन्यासकारिताको कमी छैन ।’

साहित्यकार एवं उपन्यासका सम्पादक विप्लव प्रतिकले पहिलो भेटमै कार्कीले आफूलाई केही पाण्डुलिपि दिएको र आफूले पढेपछि यो पाण्डुलिपि त्यसै थन्किन हुँदैन, प्रकाशित हुनुपर्छ भन्ने लागेपछि आफूले पुस्तकका रुपमा प्रकाशित गर्न प्रेरणा दिएको बताए ।

सञ्चारकर्मी फणिन्द्र संगम, डोलेन्द्र थापालगायतले सिमानामा नेपालीले भोग्नुपरेका समस्या र लुकेका पाटालाई उपन्यासले सहजढंगले प्रस्तुत गरेकाले पाठकको मन छुने बताए ।

इन्डिगो इन्कद्वारा प्रकाशित उपन्यास २५० पृष्ठको छ भने यसको मुल्य ५९९ रहेको छ ।

उपन्यासमा आधा शताब्दीअघिको काठमाडौंको मध्यम वर्गीय समाजको एउटा पाटो र पूर्वी नेपालको समाज र सिमानामा नेपालीले भोग्नुपर्ने दुःख, त्यहाँ हुने कारोबारको यथार्थ चित्रण गरिएको छ ।

मिर्गौलाको रोगबाट पीडित शिक्षासेवी एवं साहित्यकार कार्कीको दुई महिनाअघि निधन भएको थियो । रासस

0 Comments