मेरो गर्व र म स्वेच्छाचारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेरो गर्व र म स्वेच्छाचारी


८ पुस २०७४, शनिबार


मानिसले यदि स्वयंलाई चिन्न सकेनन् भने उसले अरू कसलाई चिन्न सक्छ ?

मुसलधारे वर्षा र चट्याङ । यस्तैमा केही दिनअघि म धरबाट बाहिर निस्केँ । किन पानीमा भिज्ने ?

किन ? किन भिज्ने ?

मन लागेको छ । मन ?

हजुर, मन !

मान्छेहरूले के भन्लान् ?

के भन्लान् ?

भन्लान्, बुद्धि बिग्रेको छ !

भन्न देउ, !

पानीमा भिज्यौ भने बिरामी पर्ने छौ ।

कस्तो बिरामी ?

सर्दी–ज्वरो !

हुन देउ !

यस उमेरमा राम्रो देखिँदैन ।

कुन उमेरमा राम्रो देखिन्छ ?

सोह्र–सत्रको उमेर भएको भए हुन्थ्यो ।

धेरैजसो मान्छेको दृष्टिमा यो पनि उचित हुँदैन । कुन उमेरमा के गर्नु उचित हो, के गर्नु अनुचित, कसले बनाएको हो यो लिस्ट ?

समाजले !

समाजका लागि हामी हौँ या हाम्रालागि समाज ? नियम–कानुन आखिर मान्छेले नै बनाउँछन् हैन ! मान्छेले नै त्यसलाई तोड्छन् पनि । कुनै पनि नियम धेरै दिनसम्म टिक्दैन ।

हाम्रो संवाद यसपछि अझ अगाडि बढेर अन्त्यमा ‘स्वच्छाचार’मा भड्कियो । ‘स्वेच्छाचार’ शब्दको अर्थ यदि ‘आफ्नो इच्छाअनुसार काम गर्नु’ (संसद् बांग्ला शब्दकोश) हो भने म निश्चित रूपमा स्वेच्छाचारी हुँ । शतप्रतिशत ! आखिर यो मेरो जीवन हो । मेरो जीवनमा म के गर्छु, के गर्दिन भन्ने निर्णय म स्वयं गर्ने छु ।

अर्को कसैले किन लिन्छ ? जीवन जसको हो, केवल उसैको हो । मान्छेहरूले आफ्नो जीवनमा के गर्न चाहन्छन्, यो आफैले निर्णय गर्नुपर्छ । जुन मान्छेको मनमा अहिलेसम्म कुन किसिमको निजी इच्छा जागेको छैन भने उसलाई म वयस्क मान्छे मान्दिन । जो अहिलेसम्म आफ्नो इच्छाअनुसार हिँडेको छैन या हिँड्न डराइरहेको छ भने उसलाई म स्वस्थ मस्तिष्क भएको मान्छे मान्दिन ।

अब प्रश्न यो उठ्छ यदि कसैको मनमा कसैको हत्या गर्ने इच्छा जाग्यो भने, यदि कसैको मनमा बलात्कार गर्ने चाहना जाग्यो भने ? जुन स्वेच्छाचारले अरूलाई हानि पुर्याउँछ, त्यस्तो स्वच्छाचारमा मेरो विश्वास छैन । तथापि यस्तो हानि पनि फरक हुनसक्छ । यदि कसैले यसो भने, तिमीधर्मको निन्दा गर्न सक्दिनौ, किनकि तिम्रो निन्दाले मेरो धार्मिक भावनामा ठेस पुर्याउँछ,’ त्यसबेला ?

कसैको शरीरमा आघात पुर्याउनुको अर्थ यदि अरूलाई हानि पुर्याउनु हुन्छ भने मनमा आघात पुर्याउनुको अर्थ अरूलाई हानि पुर्याउनु किन हुँदैन ? यस विषयमा मेरो धारणा छ जुन मान्छेको मनमा अनेकथरिका कुसंस्कार र अज्ञानता छन्, त्यसलाई हटाउनु पर्छ । यी सबैलाई हटाउनु सजग सचेत मानिसको जिम्मेवारी हो ।

अब प्रश्न यो उठाउन सकिन्छ म आफूलाई सचेत किन मानिरहेकी छु र कट्टरवादी मान्छेहरूलाई सचेत किन मान्दिन ? यसको पक्षमा मसँग सयौं तर्क छन् । हुन त कट्टरवादीहरू पनि आआफ्ना तर्क पस्तुत गर्न सक्छन् ।

तर मेरो जुन विचार बुद्धि छ, मैले जुन मूल्यबोध बनाएकी छु त्यसको आधारमा म कट्टरपन्थीहरूको तर्कलाई नितान्त अवैज्ञानिक र आधारहीन भनेर त्यसको खण्डन गर्छु र आफ्नो धारणामा स्थिर रहन सक्छु भनेर त्यसको खण्डन गर्छु र आफ्नो धारणामा स्थिर रहन सक्छु । जहाँसम्म मेरो विचार छ, म कसैको शरीरमा हानि पुर्याउँदिन, कुनै पनि साँचो, इमानदार मानिसको आर्थिक हानिको कारण बन्दिनँ ।

आफ्नो स्वेच्छाचारितालाई लिएर पनि मलाई कहिल्यै कुनै पश्चाताप भएन । आजसम्म कहिल्यै पछुताउनु पनि परेन । समाजका अनगिन्ती रूढिहरूलाई मैले तोडेकी छु । मानिसहरूले यसलाई स्वेच्छाचार भने, मैले यसलाई आफ्नो स्वतन्त्रता मानेँ । म आफ्नो विवेकको दृष्टिमा पूर्ण रूपमा सफा र स्पष्ट छु । म जे पनि गर्छु मेरो आँखामा त्यो अन्याय वा भूल होइन आफ्नो आँखामा इमान्दार र निरपराध बनिरहनुको प्रतिष्ठा अत्यन्त ठूलो हुन्छ ।

जहिले म किशोरी थिएँ, पाइला–पाइलामा निषेधाज्ञा जारी थियो । घरबाहिर नजानु नखेल्नु, नकुद्नु । सिनेमा–थिएटर नजानु । छतमा नजानु । रूखमा नचढ्नु । कुनै केटालाई आँखा उठाएर नहेर्नु । कसैसँग प्रेम नगर्नु–तर, मैले सबै गरेँ । मैले गरेँ, किनकि मलाई मन लाग्यो ।

हुन त मलाई नगर्न भनिएकोले मैले गरेको भने होइन । बुबाले त मलाई अझ धेरै कुरा गर्न दिनुहुन्नथ्यो । जस्तो, पोखरीमा नजानु, नपौडिनु । म पोखराीमा पसिनँ, किनकि मलाई पौडिन आउँदैनथ्यो । पौडी नसिकिकन यदि म पोखरीमा पसेँ भने रमाइलो त हुँदैन नै, आफ्नो असावधानीका कारण डुब्न पनि सक्छु भन्ने शङ्का लागिरहन्थ्यो । बुबाको कडा निर्देशन थियो– छतको रेलिङमाथि नचढ्नु । म चढिनँ, किनकि मलाई लाग्थ्यो रेलिङ साँघुरो छ, कतै चिप्लेर तल खसेँ भने त सर्वनाश ! कुनै पनि काम गर्दा मानिसहरूले के भने, के भनेनन् भन्ने कुरामा मैले कहिल्यै ध्यान दिइनँ ।

मैले यति मात्र विचार गरेँ मैले स्वयंलाई के तर्क दिए । आफ्ना चाहना या ईच्छासामु म पूरा इमानदारीसाथ उभिन्छु । स्वास्नीमानिसको ईच्छालाई मूल्य नदिने यो पुरूषतान्त्रिक समाजमा आफ्नो इच्छालाई प्रतिष्ठित गर्नु स्वास्नीमनिसको लागि सजिलो छैन । तर म यिनलाई प्रतिष्ठित नगर्नुको केही कारण देख्दिनँ आफ्नो भयभीत, पराजित, नतमस्तक, हात जोडेको रूप मरो आँखाले सहन सक्दैन भन्ने मलाई थाहा छ ।

मरो सम्पूर्ण लडाई सत्यका लागि हो । मेरो युद्ध समानता र सुन्दरताका लागि हो । यो युद्धको लागि मैले स्वेच्छाचारी बन्नै पर्छ । यसबिना यो युद्ध गर्नै सकिन्न । व्यक्तिगत जीवनमा पनि टाउको ठाडो पारेर उभिनका लागि स्वेच्छाचारी बन्नै पर्छ । यदि म अरूको इच्छानुसार हिँडे भने पर–निर्भर कहलाइने छु ।

यदि म अरूको बुद्धि र विचारअनुसार हिँडेमा निश्चित रूपमा म मानसिक अपाङ्ग हुँ । यदि मैले अरूको करुणामा जिन्दगी बिताउनु परेमा म केही त हुँला, आत्मनिर्भर पक्कै हुने छैन । जहाँ स्वेच्छाचारको आनन्द छैन, मुक्त चिन्तन छैन, मुक्त बुद्धि छैन, त्यतिबेला म मेसिन यन्त्र बन्ने छु । यस विचार मात्रले मेरो सास बन्द होलाजस्तो हुन्छ । यस्तो असहज जीवनभन्दा त मृत्यु नै बेस !

लोग्नेमानिसको जातले चिरकालदेखि नै स्वेच्छाचार गर्दै आएका छ । यो सम्पूर्ण समाज उनीहरूकै अधीनमा छ । स्वास्नीमानिसका लागि स्वेच्छाचार आवश्यक छ । इच्छाहरूको कोठामा यदि ताला लगाई दिनु परे, ताला लगाएर यस समाजमा तथाकथित असल केटी, लक्ष्मी केटी, आदर्श केटी, नत्र केटीको रूप धारण गर्नु परेमा– स्वास्नीमानिसले आफ्नो आँचलमा बाँधिएको चाबी खोल्न आवश्यक भइसकेको छ । चाबी फालेर आफ्ना सबै इच्छा चराहरूजस्तै सम्पूर्ण आकाशमा उडाई दिऊन् । प्रत्येक र सबैतिरका स्वास्नीमानिस स्वेच्छाचारी बनून् । अन्यथा स्वतन्त्रताको अर्थ उनीहरूले बुझ्ने छैनन्, अन्यथा उनीहरूले जिन्दगीको सौन्दर्य देख्न पाउने छैनन् ।

स्वतन्त्रताको अर्थ के हो, मैले बुझेकी छु । स्वतन्त्रताको आवश्यकता म क्षण–क्षण महसुस गर्छु । तथापि म एक्ली रहूँ अथवा दुई या हजारौँ मानिसहरूको भीडमा रहूँ, म आफ्नो स्वतन्त्रता कसैलाई दान गर्दिनँ या कहीँ हराउँदिन पनि । हो, म स्वतन्त्रता र अधिकारको बारेमा लेख्छु र जे लेख्छु, त्यसमा विश्वास पनि गर्छु । त्यही विश्वासअनुसार बाँच्छु पनि । मानसिक रूपमा सबल छु, आर्थिक रूपमा आत्मनिर्भर छु र नैतिक रूपमा स्वतन्त्र मान्छे हुँ ।

लोग्नेमानिसलाई यही कुरा सह्य हुँदैन । लोग्नेमानिस, स्वास्नीमानिसमा यति क्षमता मन पराउन्नन् । उनीहरू स्वास्नीमानिसलाई आफ्नो मुठीभित्र राख्न या खुट्टाले थिचेर कुल्चेर राख्न चाहन्छन् । जो थिचिन पिसिन अस्वीकार गर्छे तिनीहरू खराब हुन्, राम्रा स्वास्नीमानिस होइन ।

तिनीहरू स्वेच्छाचारी हुन् । धेरैजसो मानिसको धारणा छ । स्वेच्छाचारी हुनुको अर्थ कुनै पनि लोग्नेमानिससँग जहिलेसुकै सुत्नु, यौन सम्बन्ध राख्नु हो । तर स्वेच्छाचारको अर्थ यो हुँदै होइन । बरु लोग्नेमानिससँग नसुत्नुलाई म स्वेच्छाचारको अर्थ यो हुँदै होइन । बरु लोग्नेमानिससँग नसुत्नुलाई म स्वेच्छाचार मान्छु ।

आमरूपमा नियम छ स्वास्नीमानिस लोग्नेमानिससँग सुतून्, लोग्नेमानिसको एकै बोलावटमा चाहे जहाँसुकै होऊन्, उसकहाँ दौडेर पुगून् । तर, सत्य यो हो त्यहीँ स्वास्नीमानिस स्वेच्छाचारी हुन्, जो इच्छा नभएका बेला पुरुषसँग सुत्दिनन् या सुत्न अस्वीकार गर्छिन् । यस्ती स्वेच्छाचारी स्वास्नीमानिसलाई पुरुषले आखिर किन मन पराउँथे र ? तथापि लोग्नेमानिसको सुखभोगका लागि लोग्नेमानिसको तनमनको तृप्तिका लागि, लोग्नेमानिसको विकृति, विलास मेटाउनका लागि जुन स्वास्नीमानिसले आफूलाई लुटाउँदिनन्, लोग्नेमानिस त्यस्तालाई केवल स्वेच्छाचारी मात्रै नभई वेश्यासम्म भनेर अपमान गर्न तयार रहन्छन् ।

मलाई जे मन लाग्छ, म त्यही गर्छु । हो, कसैलाई हानि पुर्याएर केही गर्दिनँ । हो, म स्वेच्छाचारी हुँ त्यसैले जीवनको अर्थ र मूल्य, दुवै राम्ररी बुझ्न सक्छु । यदि म स्वेच्छाचारी नहुँदो हुँ त, अर्काको इच्छाको बेदीमा बलि चढिसक्थेँ, त्यसबेला मलाई यो बुझ्ने शक्ति कहिल्यै आउँदैनथ्यो, म को हुँ, किन हुँ ?

मानिसले यदि स्वयंलाई चिन्न सकेनन् भने उसले अरू कसलाई चिन्न सक्छ ? आज यदि म स्वेच्छाचारी नभएकी भए सायद यो लेख, जुन म लेखिरहेकी छु त्यसको एउटै पनि वाक्य लख्न सक्दिनँथेँ ।

(तसलीमा नसरीनको आइमाईको कुनै देश छैनबाट साभार)

Tags :
प्रतिक्रिया दिनुहोस