चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने


४ पुस २०७४, मंगलबार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आउने भएका छन् ।

वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु भएको हो ।

आगामी मार्चमा सी विदेश भ्रमणमा निस्किँदै छन् । सोही बेला उनी नेपाल पनि आउने चीनको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपालको नाम पनि राखिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी थियो । तर, राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस