समानुपातिक तर्फ ७३ जिल्लामा मतगणना समाप्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समानुपातिक तर्फ ७३ जिल्लामा मतगणना समाप्त


२९ मंसिर २०७४, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म ७३ जिल्लाको मतगणना सहिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, ४ जिल्लाको मतगणना कार्य जारी रहेको छ ।

मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ रहेका छन् ।

शाखाका अनुसार हालसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत, नेपाली काँग्रेसले २९ लाख ९ हजार २९३, नेकपा माओवादी केन्द्रले १२ लाख २ हजार ३२ मत प्राप्त गरेका छन् ।

यस्तै, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टी ५२ हजार ६९३ र अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस