समानुपातिकमा एमाले अग्रता कायमै, पछ्याउँदै कांग्रेस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समानुपातिकमा एमाले अग्रता कायमै, पछ्याउँदै कांग्रेस


२६ मंसिर २०७४, मंगलबार


काठमाडौं । समानुपातिकतर्फको मतगणनामा पनि नेकपा एमालेले सुरुदेखि नै अग्रता कायम राखेको छ । एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।

निर्वाचन आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।

यसैगरी कांग्रेसले आठ लाख ७८ हजार ८२४ मत हासिल गरिसकेको छ । माओवादी केन्द्रलेतीन लाख ८५ हजार ४३४ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस