परीक्षाउपयोगी विशेष श्रृंखला ५० « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ५०


२० मंसिर २०७४, बुधबार


नेपालका केही नाम चलेका घाटहरु

हामी मरणशील छौँ भन्ने विषय पटकपटक स्मरण हुनु जरुरी छ । यसले हामीलाई वास्तविकतामा जिउन सिकाउँछ । धेरै महत्वाकांक्षी हुनबाट पनि रोक्ने विश्वास लिइएको छ ।  यही विषयलाई मनन गरी कुनै व्यक्तिको देहान्त भएपछि मृत्यु संस्कारस्वरुप पोल्ने र सेलाउने स्थानलाई जनाउने केही नाम चलेका घाटहरुको सूचि समावेश गरिएको छ ।

  • आर्यघाट : काठमाण्डौ
  • देवघाट : चितवन/नवलपरासी/तनहुँ
  • रामघाट: कास्की
  • वरघाट: नवलपरासी
  • कोठियाघाट बर्दिया
  • खनियाघाट: बागलुङ
  • पुर्तिघाट: पर्वत/गुल्मी
  • आदमघाट: धादिङ
  • आरुघाट : धादिङ/गोरखा
  • लेगुवाघाट: धनकुटा
  • दोलालघाट: काभ्रे
  • जयरामघाट: ओखलढुंगा/खोटाङ

 

वस्तुगत प्रश्नहरु

१. मिस युनिभर्स २०१७ को उपाधी विजेता “डेमी” कुन देशकी हुन् ?

२. नागरिकता पाउन सफल पहिलो रोवोटको नाम के हो र कुन देशबाट नागरिकता पाएको हो ?

३. “मल्चिङ प्रविधि” के सँग सम्वन्धित छ <

४.  प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव, २०७४ का लागि सवभन्दा वढी मतदाता भएको जिल्ला मोरङ हो भने सवभन्दा कम मतदाता रहेको प्रदेश कुन हो ?

५.  Name two words in English language in which the five vowels follow each other in their regular order a,e,i,o,u?

 

सही उत्तरहरु:

१. दक्षिण अफ्रिका

२. सोफिया, सउदी अरेवीया

३.  एकैपटक वहुखेती गर्ने प्रणाली

४.  प्रदेश ६

५.  facetious, abstemious

 

छोटो प्रश्नोत्तर

. २०७२ असोज ३ मा जारी भएको नेपालको संविधानका प्रमुख सैद्धान्तिक खम्वाहरु के के हुन् ?

  • बहुदलीय लोकतन्त्र
  • गणतन्त्र
  • संघीयता
  • धर्मनिरपेक्षता
  • समावेशिता/समानुपातिकता
  • सामाजिक न्याय
  • समाजवादउन्मुखता
  • समृद्धि

.  मिडल इनकम ट्रयाप (Middle income trap) भनेको के हो ?

आर्थिक विकासको त्यो अवस्था वा विन्दु जहाँ पुगेपछि देशको अर्थतन्त्र अगाडि वढ्न सक्दैन वा जहाँको तहीँ रहन्छ । अर्थशास्त्रमा एउटा मान्यता छ उपलव्ध स्रोतहरु जस्तो कि प्राकृतिक स्रोत, मानवीय साधन, पुँजी र विकसित मुलुकमा उपलब्ध प्रविधि भित्र्याएर धेरै विकासशील मुलुकले आफ्नो आय मध्यम स्तरसम्म पुर्याउन सक्छन्। आफैंले नयाँ प्रविधि विकास गरेर उत्पादकत्व बढाउन सकेनन् भने ती मुलुक उच्च आय भएका मुलुकको दर्जामा नपुग्दै “मिडल इनकम ट्रयाप” मा पर्छन्। अर्कोतर्फ श्रमको मूल्य बढ्दै गएपछि वा उत्पादनशील जनसंख्या अनुपात घट्दै गएपछि एउटा निश्चित विन्दुमाथि आर्थिक वृद्धिले गति लिन सक्दैन। विश्लेषकहरु भारत र चीन लगायतका तीव्र आर्थिक विकास गर्न सकेका अर्थतन्त्रलाई समेत यस खालको ट्रयापमा पर्ने जोखिम रहेको औल्याउने गरेका छन् ।

विश्व बैंकका अनुसार सन् १९६० देखि २००८ को अवधिमा जम्मा १०१ मध्यम आयस्तरका देशहरुमध्ये १३ वटा मात्र देशहरु मात्र उच्च आयस्तरको दर्जामा पुग्न सफल भएका छन् ।

यस्तो खालको वन्धनबाट मुक्त हुनका लागि तुलनात्मक लाभका क्षेत्रहरु पहिचान र विकास  उत्पादकत्व वढाउने, नवप्रवर्तन (Innovation) लाई जोड दिने, मानवीय पुँजी र अझ बौद्धिक पुँजीको वढोत्तरीमा ध्यान दिनुपर्ने अध्ययनहरुले देखाएका छन् ।

 

परीक्षाउपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

 

Tags :
प्रतिक्रिया दिनुहोस