गम्भीर घाइते म्यादी प्रहरीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गम्भीर घाइते म्यादी प्रहरीको मृत्यु


१३ मंसिर २०७४, बुधबार


बाँके । दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।

उनका अनुसार पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ, भने अन्यको उपचार भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । तुलसी बोर्डिङ स्कुल नजिकै भएको बम विस्फोटमा एक म्यादी प्रहरीसहित आठ जना घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस