कल सेन्टर सुरु गर्दै सरकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कल सेन्टर सुरु गर्दै सरकार


११ मंसिर २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारण जनताका महत्वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ । अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने प्रयास थालिएको हो । कल सेन्टर गुनासो रेकर्ड र व्यवस्थापन गर्ने विशेष प्रविधियुक्त संयन्त्र हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस