२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव बिथोल्नेलाई जेल हाल्नूस्– प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयद्वारा सोमबार आयोजित प्रदेश नं. ३ को सुरक्षा गोष्ठीमा देउवाले निर्वाचन असफल पार्न खोज्ने विप्लवलगायत जुनसुकै समूहका व्यक्तिलाई पनि पक्राउ गरी जेल हाल्न निर्देशन दिए ।

गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका उच्च सुरक्षा अधिकारी र गृह मन्त्रालयका उच्च पदाधिकारी सम्मिलित गोष्ठीमा प्रधानमन्त्री देउवाले भने, ‘विप्लवलगायत विभिन्न समूहबाट उम्मेदवारमाथि आक्रमण गर्ने, बम पड्काउने र जनमानसमा त्रास र भय सिर्जना गर्ने काम भएको छ, त्यसैले त्यस्ता पक्षलाई पक्राउ गरेर जेल हाल्नुपर्छ ।’

उनले बुथ क्याप्चर गर्नेसम्मका प्रयास हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहँदै यस्ता हर्कत निस्तेज पार्न सुरक्षा निकाय सक्षम हुनेमा विश्वास व्यक्त गरे ।देउवाले निर्वाचन हुन नसके लामो संघर्षबाट ल्याइएको संविधान कार्यान्वयन सफलतापूर्वक गर्न पनि निर्वाचन सफल पार्नुपर्नेमा जोड दिए ।

‘लामो लडाइँबाट हामीले संविधान बनाएका छौं । संविधान कार्यान्वयन गर्न निर्वाचन अत्यावश्यक छ । निर्वाचनमा जनताले निर्भिकतापूर्वक भोट हाल्न पाउनुपर्छ । सरकार बनाउने र प्रतिनिधि छान्ने काम जनताको हो । जनता नै देशका मालिक हुन् । जनतालाई पूर्ण सुरक्षा दिन आवश्यक छ’, उनले भने।

प्रधानमन्त्री देउवाले सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेको प्रहरीको चेन अफ कमान्डको पनि उचित व्यवस्थापन जरुरी रहेको औंल्याए । ३ नम्बर प्रदेशमा उपत्यका तीन जिल्लासहित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन र धादिङ पर्छन् । यी जिल्लामा नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीले केही दिनयता गतिविधि बढाएको छ ।

नुवाकोटमा अघिल्लो साता कांग्रेस नेता डा।रामशरण महतलाई लक्ष्य गरी बम विस्फोट गराइएको थियो । विस्फोट विप्लवकै कार्यकर्ताले गराएको पुष्टि प्रहरीले गरिसकेको छ ।

गोष्ठीमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका खटिएर राम्रो काम गर्ने सुरक्षाकर्मीलाई पुरस्कृत गरिने बताए । गोष्ठीमा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले सुरक्षाका दृष्टिले चितवन चुनौतीपूर्ण जिल्ला रहेको रिपोर्टिङ गरेका थिए ।

‘चितवनमा ठूला नेताहरू (पुष्पकमल दाहाललगायत) उठेका छन् । विप्लवको बढी क्रियाकलाप देखिएको छ । सुरक्षाकर्मी धेरै संवेदनशील भएर खटिनुपर्ने देखिन्छ’, पाण्डेले भने । निर्वाचन आयुक्त सुधीरकुमार शाहले ३ नम्बर प्रदेश जोखिमपूर्ण रहे पनि निर्वाचन बिथोल्ने व्यक्ति कम पक्राउ गरिएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

उम्मेदवारलाई एक्लै हिँड्न नदिने, आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने र क्षेत्रमा जाँदा पहिला सर्भिलेन्स गराएर मात्रै पठाउन शाहले ध्यानाकर्षण गराएको बैठकका एक सहभागीले जानकारी दिए।
सुरक्षा गोष्ठीमा गृहसचिव, सेनाका रथी, तीनवटा सुरक्षा निकाय क्रमशः प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, क्षेत्रीय प्रशासकसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र संघीय प्रहरी एकाइ कार्यालय प्रमुख उपस्थित थिए ।प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सबै जिल्ला सुरक्षा चुनौतीको दृष्टिकोणले उत्तिकै जोखिमपूर्ण रहेकाले कडा ड्युटी गर्न निर्देशन दिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस