२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेका छन् : देउवा

अ+ अ-

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल गरेका छन् ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गरे ।

उनले जनता प्रजातन्त्र र विकास चाहने भएकाले सुदूरपश्चिमका जनताले विकास गर्ने पार्टी कांग्रेसलाई निर्वाचनमा रोज्ने उल्लेख गरे ।

पत्रकारको एक प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, ‘देश डर त्रासबाट मुक्त समाज भइरहेका बेला बनाइएको वाम गठबन्धनबाट डर त्रासको शासन आउने, कम्युनिस्ट अधिनायकवाद र तानाशाही आउँछ कि भनेर जनता डराएका छन् ।’

उनले आफ्नो भारत भ्रमणका क्रममा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउने सहमति भइसकेको, गौरी फण्टा नाकाको स्तरोन्नति गर्ने, पश्चिम सेती जल विद्युत् परियोजनाको निर्माण गर्न प्रक्रियाको पहल थालिएको र उत्तरतर्फ चीनको नाका ताक्लाकोटसम्मको बाटो निर्माणकार्य भइरहेको बताए ।

अर्को एक प्रश्नमा देउवाले भने, ‘कांग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन् ।’

विपक्षी नेताहरुले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै देउवाले भने, ‘उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेका छन् ।’

सभापति देउवाले अहिलेको बेला पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताए । उनले आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस