गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


२५ कार्तिक २०७४, शनिबार


के हो उतै मात्रै लगातार कति दिनु हुन्छ
मलाई पनि दिनुस् न यार कति दिन हुन्छ

कर्णाली चामल पुग्दैन नुन पुग्दैन लेख्नुस्
मात्रै राजधानीको समाचार कति दिनु हुन्छ

मैले देश रक्षाका लागि मुटु बिक्रीमा राखे
लिनुस् पचास, सय, हजार कति दिनु हुन्छ

तिमीलाई बचाउन मैले आफुलाई बेचिदिए
मलाई बचाउन परे सरकार कति दिनु हुन्छ

यहाँ मलाई सहि जवाफ दिनुस् प्रेमिहरु हो
भन्नुस् प्रेमिकालाई उपाहार कति दिनु हुन्छ

Tags :
प्रतिक्रिया दिनुहोस