पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसहित बहालवाला सचिवसंग लियो अख्तियारले बयान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसहित बहालवाला सचिवसंग लियो अख्तियारले बयान


प्रशासन विशेष ब्युरो

१९ कार्तिक २०७४, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसंग बयान लिएको छ ।

विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिदको विषयलाई लिएर पूर्व मुख्य सचिव क्षत्री सहित पूर्वसचिव विश्वप्रकाश पण्डित र सचिव अर्जुनकुमार कार्कीसँग बयान बयान लिइएको हो ।

उच्च स्रोतका अनुशार ट्रान्सफर्मर खरिदमा प्रकरणमा अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धा विचाराधीन रहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी निर्णय गरेको र मध्यस्थकर्ता समेत नियुक्त गर्दै आर्विस्ट्रसन गर्दा करोडौं रुपैया खर्च बिनाउपलब्धीमूलक देखिएको निश्कर्ष निकाल्दै आयोगले तीनै जनालाई बयान लिएको हो ।

यसबारे आयोगको आधिकारीक धारणा केही दिनमा बाहिर आउने समेत स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस