Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हतियार बुझाउन अटेरी


१९ कार्तिक २०७४, आइतबार


बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन् ।

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको थियो ।

प्रशासनले नजिकका प्रहरी एकाई तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरे पनि म्याद सकिँदासम्म ९८ जनाले मात्र बुझाएको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । बैतडीमा भरुवा बन्दुक, बाह्बोर,बाइसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १२९ इजाजत प्राप्त हतियार रहेका छन् ।

हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उनले बताए । हतियार नबुझाउने ब्यक्तिको हतियार जफत गर्ने तथा नवीकरणसमेत नहुने बताइएको छ । हतियार बुझाउन बाँकी रहेका व्यक्तिले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले पुनः आग्रह गरेको छ ।

घरेलु मदिरा वा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउँदै सूचनाको अवज्ञा गर्नेलाई कानून अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस