आयोगमा काज जान कर्मचारीको मरिहत्ते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयोगमा काज जान कर्मचारीको मरिहत्ते


१९ कार्तिक २०७४, आइतबार


काठमाडौं । निजामती कर्मचारीका लगि सरकारी अड्डामा सबैभन्दा आकर्षक ठाउँ निर्वाचन आयोग बन्न पुगेको छ । निर्वाचन आयोगमा काजमा काम गर्नका लागि भन्दै आउने कर्मचारीको चाप थेगिनसक्नु छ ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यो वर्ष मुलुक निर्वाचनमय बनेको छ । यस्तो अवसरलाई कर्मचारीले राम्रै सदुपयोग गरिरहेका छन् ।

दुर्गम जिल्लामा निर्वाचनमा खटिनुभन्दा केन्द्रमै पनि त्यस्तो मौका पाइने भएकाले कर्मचारी आयोगमा काजमा जान मरिहत्ते गरिरहेका हुन् । निर्वाचन आयोगमा जम्मा १ सय ६७ जना कर्मचारीको दरबन्दी छ तर यसका अतिरिक्त ५० जना कर्मचारी काजमा काम गरिरहेका छन् । काजमा काम गर्न पाऊँ भन्दै आउने कर्मचारीको चाप थेग्न नसकेर आयोगले अहिले निवेदन लिन बन्द गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस