पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारीकरण नीति ल्याइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारीकरण नीति ल्याइने


प्रशासन विशेष ब्युरो

१६ कार्तिक २०७४, बिहिबार


काठमाडौँ । पर्यटन प्रवद्र्धनका लागि सरकारले अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी नीतिगत योजना ल्याउने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटन ‘प्रोडक्ट’ पु¥याइ बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले नयाँ बजार नीति बनाउन लागिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए ।

नेपाल–अमेरिका पत्रकार संघ (नेट्जा) को दोस्रो वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित अन्तक्र्रियामा प्रमुख कार्यकारी अधिकृत जोशीले भने, “पर्यटन प्रवद्र्धनका लागि बजार महत्वपूर्ण हुन्छ, त्यसैले पर्यटनको सम्भावना बोकेका अन्तर्राष्ट्रिय गन्तव्यको विश्लेषण गरी नयाँ बजार नीति बनाउने तयारीमा छौँ ।”

उनले छिमेकी मुलुक भारत, चीनपछि अर्को दरिलो सम्भावना बोकेको संयुक्तराज्य अमेरिका तथा युरोपियन मुलुकमा नेपाली पर्यटन प्रवद्र्धनका गतिविधि बढाइने उल्लेख गर्दै भारतको दोस्रो ठूलो बजार अमेरिका भएको र त्यहाँ आउने अमेरिकनलाई नेपालमा आकर्षण गर्न सकेको खण्डमा पर्यटन व्यवसायले लाभ लिनसक्ने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजालले विदेशी पर्यटकको संख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय बजारको रणनीतिक योजना कार्यक्रम ल्याइनुपर्ने खाँचो औल्याए । पर्यटन व्यवसायी निमानुरु शेर्पा, केशव पाण्डे र चित्रबहादुर गुरुङले सम्भावना बोकेको अन्तर्राष्ट्रिय गन्तव्यमा नेपाली पर्यटन प्रवद्र्धनका लागि ‘एग्रेसिप’ रणनीति चाहिने बताए ।

प्रतिक्रिया दिनुहोस