काठमाडौंको कमलादीमा गोली चल्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौंको कमलादीमा गोली चल्यो


प्रशासन विशेष ब्युरो

१५ कार्तिक २०७४, बुधबार


काठमाडौं । राजधानी काठमाडौंमा गोली चलेको छ । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको हो ।

गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी रविन्द्र धानुकका अनुशार हतियार सहित पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर प्रहरीले बयान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस