२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको छ– प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो राजनीतिक संघर्षपछि नेपाल संविधानको निर्माण र कार्यन्वयनसँगै नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रक्रियासमेत सुरु भइसकेर मुलुक अब लामो राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले अहिले समग्र देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको उत्सवमा रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनपछि संविधान कार्यान्वयनको राजनीतिक कार्यसूची पूरा हुने अपिलमा उल्लेख छ ।

“संक्रमणकालको अन्त्यपछि अब नेपाललाई विकासको नयाँ युगमा प्रवेश गराउनुपर्ने चुनौती हाम्रासामु छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई केही वर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामी सबै लोकतन्त्रवादीहरुको साझा ध्येय हो” अपिलमा भनिएको छ ।

लोकतान्त्रिक शासन पद्धतिको सुदृढीकरण र दु्रतगतिको आर्थिक विकास पहिलो प्राथमिकताको विषय भएकाले बताउँदै उनले लोकतन्त्रवादी शक्ति फेरि एक हुनुपर्ने समय आएको बताएका छन् ।

उच्च दरको आर्थिक वृद्धि, समावेशी विकास, पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीमा प्रत्यक्ष योगदान पुर्याउने एवं विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने बृहत्तर सोच रहेको बताउँदै अपिलमा उनले यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल विश्वमै लगानीमैत्री वातावरण भएको मुलुकका रुपमा स्थापित गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस