परीक्षाउपयोगी विशेष श्रृखंला ४४ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परीक्षाउपयोगी विशेष श्रृखंला ४४


८ कार्तिक २०७४, बुधबार


सामाजिक न्यायका औजारहरु र अपेक्षित परिणामहरु

सामाजिक न्याय प्रवर्द्धन गर्ने औजारहरु

  • सामाजिक सहायता (संस्थागत एवं समुदायस्तरीय)
  • सामाजिक विमा
  • सामाजिक सुरक्षा भत्ता
  • श्रम व्यवस्थापन सम्वन्धी नीति र कानूनमा सुधार
  • सार्वजनिक कार्यमा सरिक गराउने कार्यक्रम, जस्तै : Food for work
  • सामाजिक स्याहार सम्हार
  • सामाजिक सुरक्षा कोष

सामाजिक न्यायका अपेक्षित परिणामहरु

  • गरिवी न्युनिकरण
  • मानवीय पुँजी निर्माण
  • आयआर्जनमा सहयोग
  • जोखिम व्यवस्थापन गर्न सहयोग
  • आर्थिक रुपमा समुत्थान क्षमता वृद्धि
  • सामाजिक सद्भावमा वृद्धि
  • आर्थिक सुधार थालनी गर्न सहयोगी
  • राज्यप्रतिको भरोसा र विश्वास वृद्धि

वस्तुगत प्रश्नहरु

१. सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोवल पुरस्कार Circadian Rhythm का सम्वन्धमा गरिएको खोजका लागि दिइएको छ । Circadian Rhythm भनेको के हो ?

२. बरमझीया सप्तरीमा पर्दछ भने रामशिखरझाला कुन जिल्लामा पर्ने स्थान हो  ?

३. “Hot Stove Rule”  भन्नाले के वुझिन्छ ?

४.  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्षेत्रभित्र कति जिल्ला पर्दछन् ?

५.  What goes up and down but still remains in same place?

सही उत्तरहरु:

१. कसरी जीवित वस्तु (प्राणी र वनस्पति) ले २४ घण्टाको समयलाई लयवद्धरुपमा प्रयोग गर्दछन् भन्ने विषय ।

२. कैलाली

३. McGregor ले अघि सारेको अनुशासात्मक कारवाही सम्वन्धी नियम

४.  ३१ जिल्ला

५.  Stair  (सिंढी)

छोटो प्रश्नोत्तर

१. What are the areas of “International Code of Conduct for Public Officials (UNO, 1996) ?

Those areas are:

  • सार्वजनिक पदाधिकारीका लागि आचारसंहिताको प्रयोग सम्वन्धमा सामान्य सिद्धान्तहरु
  • स्वार्थको द्वन्द्व र अयोग्यता हुन नदिने विधिहरु
  • सम्पत्ति विवरण वुझाउनुपर्ने विषय
  • दान र अन्य सुविधा स्वीकार गर्न नहुने विषय
  • गोप्य सूचनाको गोपनियता भंग गर्न नहुने विषय
  • अधिकारीहरुको आचार व्यवस्थित गर्ने सम्वन्धमा राष्ट्रिय नीतिको विषय
  • राजनैतिक गतिविधिमा सहभागि हुन वन्देजको विषय

उल्लेखित विषयहरु निजामती कर्मचारीका लागि कानुनमार्फत व्यवस्था गरिएका आचारसंहितामा परेको नै देखिन्छ । तर कार्यान्वयनको अनुगमन नहुँदा त्यसको प्रभाव भने कमजोर छ ।

.  अधिकारमा आधारित विकास (Right based development) ले समेट्ने ६ वटा पक्षहरु के के हुन्  ?

ती पक्षहरु यी हुन् :

  • सहभागिता
  • योगदान गर्ने अवसर
  • प्रतिफल प्राप्तिको सुनिश्चितता
  • निर्णय निर्माणमा पहुँच
  • सूचनामा पहुँच
  • प्रतिफलको उचित/ न्यायोचित वितरण

नोटः  परीक्षोपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” द्वारा लिखित सहसचिव परीक्षाका लागि लक्षित पुस्तक ‘सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता’ असोज ३१ गते कागतिहारका दिनदेखि वजारमा उपलव्ध छ ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस