एनआइसी एसियाको स्विफ्ट ह्याक बारे राष्ट्र बैंक र अन्तर्राष्टिय विज्ञमार्फत छानविन हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एनआइसी एसियाको स्विफ्ट ह्याक बारे राष्ट्र बैंक र अन्तर्राष्टिय विज्ञमार्फत छानविन हुँदै


प्रशासन विशेष ब्युरो

६ कार्तिक २०७४, सोमबार


काठमाडौं । एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ गरेर रकम बाहिरिएको आशंकामा राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।

हयाकरले बैंकको अन्तर्राष्ट्रिय कारोबार प्रणाली ह्याक गरेर रकम अन्यन्त्र स्थानान्तरण गरेको आशंकामा राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो ।

राष्ट्र बैंकले आइतबारदेखि नै एक टोली एनआईसी बैंकमा अनुसन्धानका लागि खटाएको थियो । बैंकको विदेशी बैंकमा रहेको खातामा रहेको रकम हयाकरले आफूले चाहेको खातामा तानेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

केही रकम बाहिरिएको सूचना प्राप्त भएपछि अनुसन्धानका लागि टोली बैंकमा पठाएको र प्रतिवेदन प्राप्त भएपछि वास्तविकता यथार्थ कुरा बाहिर आउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय जानकारी इकाई (एफआईयू) मार्फतबैंकको कारोबार भएका ५/६ वटा राष्ट्रमा पत्राचार गरी कारोबार निरीक्षणका लागि आग्रह गरिएको जनाएको छ । भने अन्तर्राष्ट्रिय कारोबार गर्ने सर्भर डाउन गरेर स्वतन्त्र विज्ञहरूमार्फत पनि छानबिन भइरहेको एनआइसी एसिया बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस