८०२ जना उम्मेदवारको मनोनयन दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८०२ जना उम्मेदवारको मनोनयन दर्ता


प्रशासन विशेष ब्युरो

५ कार्तिक २०७४, आइतबार


काठमाडौँ । आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्ला हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचनका लागि ८०२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभा सभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जनाएका छन् ।

आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस