राष्ट्रसंघबाट राजीनामा दिएर नेपाल फर्किंदै रमेश खरेल (स्टेटससहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रसंघबाट राजीनामा दिएर नेपाल फर्किंदै रमेश खरेल (स्टेटससहित)


प्रशासन विशेष ब्युरो

५ कार्तिक २०७४, आइतबार


काठमाडौं । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल राजीनामा दिएर स्वदेश फर्किंदै छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा उनी त्यहाँ गएका खरेल नायब महानिरीक्षक (डीआईजी) बढुवा भइसकेका छन् । सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी) मा पी ४ अधिकृतका रुपमा कार्यरत छन् ।

डीआईजी खरेलले फेसबुक स्टाटसमार्फत् राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन्। जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई ‘कमान्ड’ गर्ने अवसर पाएको उल्लेख गर्दै ‘विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु,’ फेसबुक स्टाटसमा भनेका छन्,द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने अवसर दिने सबैप्रति कृतज्ञ छु ।’

अवधि बाँकी छँदै खरेलले राजनीमा दिनुमा प्रहरीको भावी नेतृत्वको दौडका रुपमा अर्थ्याइएको छ । ३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका महानिरीक्षक प्रकास अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्नेछन् ।

त्यसपछि प्रहरीको नेतृत्व खरेलकै ब्याचको हातमा आउने छ । उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्नेछन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस