२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त

अ+ अ-

धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालीम कार्यक्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताएका हुन् ।

उनले यसअघि पनि निर्वाचनको बेलामा सरकारको परिवर्तन, मन्त्रिपरिषद् विस्तार तथा प्रधानमन्त्री समेत परिवर्तन भएको उल्लेख गदै त्यस्तो बेलामा समेत निर्वाचन सम्पन्न गरेको बताए ।

“हामीले आगामी मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनलाई अर्जुन दृष्टिले हेर्दै सम्पन्न गर्न गइरहेका छौं ।” यादवले भने, “सरकार थपघटको कुरामा निर्वाचन आयोग फस्नुहुँदैन” मूल अभियान जसरी भए पनि निर्वाचन सफल गर्ने हो, त्यसैले सरकारलाई हामी आग्रह गर्दछौं, “आचारसंहिता विपरित कुनै काम नहोस् र आगामी दिनमा पनि नहोस् ।”

निर्वाचन आयोग यस विषयमा निष्पक्ष र यसको सञ्चालनमा कुनै कसर नपरोस् भनेर आग्रह गरिरहेको प्रमुख निर्वाचन आयुक्त डा. यावदले बताए ।

हिजो समानुपातिक तर्फको बन्द सूची सफल भएको र अरु कार्यक्रम पनि अगाडि बढिरहेको अवस्थामा सबै सरोकारवाला निकायले अन्यथा लिएर अतिरञ्जीत नगर्न समेत आग्रह गरे । अहिलेसम्मको प्रजातान्त्रिक संस्कारको रुपमा हेर्दा २०६४ मा पनि २०७० र स्थानीय तहको निर्वाचनमा पनि सरकार परिवर्तन भएको छ ।

यसैबीच क्षेत्रीयस्तरको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले निर्वाचनमा प्रयोग गरिएका सबै प्रकारका सामग्रीहरुको व्यवस्थित प्रयोग र उपयोग गर्न सबै कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले निर्वाचनमा आयोगले बनाएको आर्थिक निर्देशिकाअनुसार काम गर्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा उनले सामग्री ज्यादै महत्वपूर्ण भएकाले नियमित रुपमा प्रयोग गर्ने कार्यालय र अर्को निर्वाचनको बेलामा प्रयोग गर्ने सामग्रीलाई सुरक्षित गर्न सबैलाई उत्तिकै जिम्मेवारीपूर्ण ढंगले लाग्न आग्रह गरे । निर्वाचनमा लाग्ने सबै प्रकारका कुल खर्चमध्ये २५ प्रतिशत मात्रै केन्द्रमा बस्ने र बाँकी ७५ प्रंतिशत जिल्लामा जाने प्रमुख निर्वाचन आयुक्तको भनाइ छ ।

उहाँले मन्त्रिपरिषद्को संख्या ठूलो रहेकाले आरचासंहिता उलंघन गर्ने सम्भावना रहने भन्दै त्यसका लागि जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलगायत निर्वाचनमा खटिने कर्मचारीलाई समेत आवश्यक निरीक्षण गर्न आग्रहगरे । प्रशिक्षण कार्यक्रम आजै सम्पन्न हुने आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस