विपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका


देवीराम पौडेल

३० आश्विन २०७४, सोमबार


प्राकृतिक वा मानवीय कारणले कुनै घटना घटेर ठूलो धनजनको क्षति गराई आम नागरिकमा दुःख, कष्ट सिर्जना गर्ने अवस्था आउनुलाई विपद् भनिन्छ । भुइँचालो, युद्ध, आतंकवाद, बाढी पहिरो विपद्का उदाहरण हुन् ।
विपद् विभिन्न आयाममा देखा पर्छन् ।
– वातावरणीय आयाम
– मानवीय आयाम
– राजनीतिक, आर्थिक र सामाजिक आयाम
– कानुनी तथा व्यवस्थापकीय आयाम
– प्रविधिगत आयाम

विपद् व्यवस्थापन

विपद्का सम्भावना पहिचान गरी त्यसलाई रोक्ने प्रयास गर्ने, आईहाले नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न गरिने पूर्व तयारी, योजना संयन्त्र निर्माण, स्रोत साधनको व्यवस्थापन तथा सांगठनिक र मानवीय क्षमता विकास सम्बन्धि सम्पूर्ण कार्य विपद् व्यवस्थापनअन्तर्गत पर्छन् ।
विपद् आउनुअघि, आएको समयमा र पछि योजना बनाउनु, स्रोत साधन परिचालन, समन्वय, नियन्त्रण, अनुगमन र मूल्यांकन गर्नु नै विपद् व्यवस्थापन हो । विपद् व्यवस्थापनभित्र जोखिम र संकट व्यवस्थापन पनि पर्छ । साथै यसमा यी निम्न कार्य पनि पर्छन् ।
– प्रकोप क्षेत्र पहिचान गर्ने
– पूर्व तयारी गर्ने योजना बनाउने
– क्षमता बिकास गर्ने स्रोत साधनको परिचालन गर्ने
– जोखिम न्यूनीकरण गर्ने उद्दार गर्ने
– पुनस्र्थापना र पुनर्निर्माण गर्ने

निजामती कर्मचारीको भूमिका

विपद् व्यवस्थापन कार्यमा पनि निजामती कर्मचारीले कानुनी दायराभित्रै रही कार्य क्षमता प्रस्तुत गरी व्यवस्थापन गर्ने÷गराउने गर्छन् । विपद् व्यवस्थापनमा निजामती कर्मचारीले यस्तो भूमिका निभाउन सक्छन् ।
– विपद् भएको जानकारी हुनासाथ निजामती कर्मचारी आफ्नो पद तथा कार्य क्षेत्र अनुसार उद्दारका लागि सीघ्र तयार रहने ।
– विपद् क्षेत्रमा उद्दार सामग्री र उद्दारकर्ता पुर्याउने तथा टोलीको समन्वय गर्ने ।
– सही सूचना सीघ्र माध्यमबाट उपलब्ध गराउने र आवश्यक निकायमा सम्प्रेषण गर्ने ।
– बचाउन सकिने मानिसको खोजी, उद्दार र सुरक्षा गर्ने ।
– सामग्री जोगाउन प्रयास गर्ने ।
– प्रकोपमा परेका मानिसलाई सुरक्षित स्थानतर्फ लैजान प्रयास र सहयोग गर्ने ।
– मानिसमा विपदले पारेको प्रभावको मूल्यांकन गर्ने र प्रभावित नागरिकलाई तत्काल अत्यावश्यक सहयोग गर्ने । जस्तै ः पानी, खाना र औषधि उपचार ।
– प्रभावितलाई पूर्ववत अवस्थामा फर्काउन सल्लाह, परामर्श र हौसला प्रदान गर्ने ।
– पुनस्र्थापना योजना बनाई कार्यान्वयन गर्न कर्मचारी विज्ञताको उपयोग गर्ने ।
– राजनीतिक दल, संघसंस्था, क्लबसँग समन्वय गर्ने र सबैलाई उद्दार र व्यवस्थापनमा केन्द्रित गर्ने ।
– नोक्सान भएका भौतिक संरचना तथा सम्पूर्ण पक्षको लागत लिने ।
– बिग्रिएका सम्पूर्ण सेवा पुनः संचालन गर्ने ।
– घर, स्वास्थ्य चौकी, अस्पताल, विद्युत, पुललगायत पूर्वाधार निर्माणमा सहयोग गर्ने ।
– विपद्का कारण मानिसमा पर्न सक्ने शारीरिक, मानसिक र प्राकृतिक पीडा कम गर्न मनोपरामर्शका कक्षा संचालन गर्ने ।
– विपद् आउन सक्ने क्षेत्र आँकलन गरी क्षति कम गर्ने योजना बनाउने ।
– जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गर्ने ।
– उद्दार सामग्रीको व्यवस्थापन गर्ने ।
– आम नागरिकमा बाढीपहिरो, भूकम्प आगलागी जस्ता विपद्को सामना गर्न सक्ने प्राविधिक क्षमता बढाउने ।
– पूर्व सूचना दिने संयन्त्रको भरपर्दो विकास गर्ने ।
– विपद् सम्भावित र संवेदनशील क्षेत्रमा विशेष निगरानी राख्ने ।

विपद् मानव सभ्यतामाथिको अहम चुनौती हो । कतिपय विपद् मानविय त कतिपय प्राकृतिक कारणले भएका हुन्छन् । जिम्मेवारी पाए निजामती कर्मचारीले विपद्को कुशल व्यवस्थापन गर्न सक्छन् ।

(लेखक जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा कार्यरत छन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस