२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ ।

उक्त केन्द्रको आज सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने उल्लेख गरे ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमका सामु विविध किसिमका चुनौती पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि केन्द्रले सहयोग पुर्याउने बताए ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले केन्द्रलाई नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको जानकारी दिए । एक सय ९७ नं.मार्फत हुने सोधपुछ सेवा आजैदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नं.मा डायल गरेर ग्राहकले उक्त सेवासम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन् । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् । हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकामा सो सेवा केन्द्रबाट छिट्टै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । रासस

0 Comments