सबै सेवा निजामती मातहत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सबै सेवा निजामती मातहत


२७ आश्विन २०७४, शुक्रबार


काठमाडौं । सरकारले संविधानमा निजामती सेवा होइन भनी तोकिएका सेवाबाहेकका सबै निजामती तथा सरकारी सेवालाई निजामती सेवाकै छाताभित्र समातिह गर्ने गरी संघ, प्रदेश र स्थानीय तहमा एकीकृत निजामती सेवा पद्धति लागू गर्ने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवाको राष्ट्रिय नीतिमा एकीकृत निजामती सेवाको अवधारणा ल्याइएको हो । सामान्य प्रशासन मन्त्रालयका प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव नीता पोख्रेलले सबै सरकारी सेवालाई मार्गदर्शन हुने गरी निजामती सेवाको राष्ट्रिय नीति बनाइएको र सो अनुसार सबै सरकारी सेवालाई निजामती सेवाकै छातामुनि राखिने तयारी गरिएको जानकारी दिइन् ।

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवाको राष्ट्रिय नीतिअनुसार एकीकृत निजामती सेवाअन्तर्गत संधीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा गरी तीन निजामती सेवा रहनेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस