लोकतन्त्रवादी मिलेर जानुपर्ने महामन्त्री कोइरालाको ठहर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोकतन्त्रवादी मिलेर जानुपर्ने महामन्त्री कोइरालाको ठहर


प्रशासन विशेष ब्युरो

१७ आश्विन २०७४, मंगलबार


लुम्बिनी । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताएका छन् ।

नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए ।

लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा आज विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले नेपाली काँग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए ।

मुलुकलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा काँग्रेस लागिपरेको बताउँदै उनल सिद्धान्तको झगडालाई थाति राखेर समृद्धिको पाटो पहिल्याएर जनतालाई सुखी र खुशी बनाउने अभियानमा लाग्ने बतए । ।

समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि काँग्रेसको सरकार आवश्यक रहेको बताउँदै आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेसलाई अग्रपंक्तिमा पु¥याउन पनि कोइरालाले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस