२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा बचाउ अभियन्ता देवनारायण यादव भारतीय जेलमा

अ+ अ-

काठमाडौं । सीमा बचाउ अभियन्ता देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

देवनारायणका दाजु रामनारायण यादवले दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका बेला अजयलाई रक्सी खाएर होहल्ला गरेको झूटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको र छुटाउन गएका बाबु देवनारायणलाई समेत पक्राउ गरी भारतको विहार राज्यअन्तर्गत सुपौलको वीरपुर जेल पठाइएको जानकारी दिएका छन् ।

भारतको कुनौली थानाका प्रमुख विनोद यादवले देवनारायण, उनका छोरा अजय र कोइलाडी तिलाठीका विजयकुमार यादवविरुद्ध अपहरण मुद्दा रहेकाले त्यही सिलसिलामा पक्राउ गरिएको बताए ।

अपहरित भनिएकी ज्योति अजयसँग प्रेमविवाह गरी उनकै घरमा बस्दै आएकी छन् । गत वर्ष भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा एकतर्फी रूपले बाँध बाँधिरहेका बेला भारतीय पक्षसँग भएको झडपमा देवनारायण घाइते भएका थिए । सरकारले उनको उपचार खर्चसँगै सच्चा राष्ट्रवादीको सम्मानपत्रसमेत दिएको थियो ।

अजयकुमारले ज्योतिसँग विवाह गरेको ६ महिना बितिसकेको भएपनि प्रहरीले पुरानो रिसइबीका आधारमा पक्राउ गरेर जेल चलान गरिएको बुझिन आएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले देवनारायणका छोराले उमेर नपुगेको भारतीय केटीसँग विवाह गरेकाले केटी पक्षले दिएको उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको र यसबारे बुझेर रिहाका लागि पहल थालेको बताएका छन् ।

0 Comments