कांग्रेस ३६ सिटसहित अग्रस्थानमा, १२ स्थानको नतिजा आउन बाँकी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस ३६ सिटसहित अग्रस्थानमा, १२ स्थानको नतिजा आउन बाँकी


प्रशासन विशेष ब्युरो

८ आश्विन २०७४, आइतबार


काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक ३६ स्थानीय तहमा विजयी भएको छ ।

संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ स्थानीय तहमा विजयी भएका छन् ।

नतिजा आउन बाँकी रहेका १२ स्थानीय तहमध्ये कांग्रेस र एमाले तीन–तीन, माओवादी केन्द्र दुई र संघीय समाजवादी फोरम चार स्थानमा अग्रता लिइरहेका छन् ।

को कहाँ अगाडि ?

कांग्रेसको अग्रता
बारागढी गाउँपालिका, बारा
कञ्चनरुप नगरपालिका, सप्तरी
गरुडा नगरपालिका, रौतहट

एमालेको अग्रता
कलैया उपमहानगरपालिका, बारा
कोल्हवी नगरपालिका, बारा
शम्भुनाथ नगरपालिका, सप्तरी

माओवादीको अग्रता
सबैला नगरपालिका, धनुषा
आदर्श कोटवाल गाउँपालिका, बारा

संघीय समाजवादी फोरमको अग्रता
राजबिराज नगरपालिका, सप्तरी
कविलासी नगरपालिका, सर्लाही
कटहरिया नगरपालिका, रौतहट
वीरगन्ज महानगरपालिका, पर्सा

प्रतिक्रिया दिनुहोस