‘नयाँ चेन्जलाई ट्रान्समेसनको अवस्थामा लैजानु कर्मचारीको दायित्व हो’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘नयाँ चेन्जलाई ट्रान्समेसनको अवस्थामा लैजानु कर्मचारीको दायित्व हो’


प्रतापकुमार पाठक

८ आश्विन २०७४, आइतबार


मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेकाले कर्मचारीको जिम्मेवारीसँगै चुनौती पनि बढेको छ । त्यसकारण ब्युरोक्रेसीको सफलताका लागि व्यावसायिक सामथ्र्य बढाउनैपर्ने हुन्छ ।

कर्मचारी जति माथिल्लो तहमा पुग्छन्, उति नै चुनौती थपिँदै जान्छ । यसको कारण हो– प्रत्यक्ष वा परोक्ष रूपमा राजनीतिसँगको निकटता ।

अहिले कर्मचारीतन्त्रमा राजनीतिकरण भयो भन्ने कुरा निकै चर्चामा छ । मलाई के लाग्छ भने पोल्टिसाइजेसन राम्रो हो । किनकि पोल्टिकल लिडरसिपलाई सपोर्ट गर्ने त ब्युरोक्रेसीले हो नि ।

पोल्टिसाइजेसनलाई तीन कारणले असर गर्छ । पहिलो– आफूसँग भएको कन्फिडेन्ट, दोस्रो– नागरिक समर्थन र तेस्रो– राजनीतिक संस्कार । यीमध्ये तेस्रो कारण नियन्त्रणबाहिर छ ।

तर, अन्य दुई कुरा म्यानेज गर्न सकिन्छ । यसका लागि कर्मचारीमा प्रोफेसनल कन्फिडेन्ट हुनु आवश्यक छ । कर्मचारीले आफ्नो नलेज स्किल बढाएर नागरिकप्रतिको जवाफदेही भएर गुणस्तरीय सेवा दिने सामथ्र्य राख्नुपर्छ । यो गर्न सके प्रशासन सेवाको उद्देश्य सार्थक हुन्छ । र, कर्मचारी सफल हुन्छन् । नयाँ चेन्जलाई ट्रान्समेसनको अवस्थामा लैजानु कर्मचारीको दायित्व हो । र, यो नै अहिलेको आवश्यकता पनि । यसलाई कर्मचारीले बुझ्नु आवश्यक छ ।

(केही दिनअघिको मन्तव्यमा आधारित)

Tags :
प्रतिक्रिया दिनुहोस