परीक्षाउपयोगी विशेष श्रृंखला ३९ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ३९


८ आश्विन २०७४, आइतबार


रुपान्तरणमा सहयोग पुर्याउन निजामती सेवाबाट अपेक्षित भूमिका

१. संविधानवमोजिम संघीय संरचनालाई कार्यरुप दिन कानुन मस्यौदा तयार गर्ने र पारित कानूनहरुको कार्यान्वयन गर्ने

२. समावेशी प्रवन्धको पुनरावलोकन गरी लक्षित समूहमा पुग्ने उपायको खोजी गर्ने

३. वृत्ति विकासमा संकुचन नआउनेगरी तीनवटै तहका संगठनमा समायोजन र वितरणलाई स्वीकार गरी कार्यक्षेत्रमा उत्रने

४. सेवा प्रवाहका वखत नागरिकसँग सम्वाद वढाउने र प्रत्यक्ष जवाफदेहिताका औजारको प्रयोग गर्ने

५. प्रविधिमैत्री, विविधतामैत्री, नागरिकमैत्री र जोखिममा परेका समूहप्रति संवेदनशील निजामती सेवाको छवि निर्माण गर्ने

६. मौलिक एवं सफल पक्षहरुको पक्षपोषण र गलत प्रवृत्तिलाई अन्त्य गर्ने उपायको खोजी गर्ने

७. केन्द्रमा रहेका संरचना विनिर्माण गर्ने र दुर्गममा रहेर पुर्याउनुपर्ने सेवाको वातावरणलाई थप आकर्षित गराउने ।

(नोट: विज्ञ एवं पाठकज्यूहरुबाट थप सुझाव अपेक्षा गरिएको छ)

वस्तुगत प्रश्नहरु

१.  हरेक वर्ष जेठ महिनामा दशहरा मेला लाग्ने पर्यटकीय स्थल कुन हो ?

  (क) हलेशी      (ख) गोशाइकुण्ड         (ग) गोकर्ण   (क) गोदावरी

२.  “लोकतन्त्रको गहिराई हाम्रा सडकको फुटपाथको चौडाइले नाप्न सकिन्छ” यो भनाई कसको हो जसले शहरी यातायात व्यवस्थापनमा उदाहरणीय काम गरेका थिए ?

३. जलवायु परिवर्तनको समस्या सँग जुध्न United Nation’s Framework Convention for Climate Change, UNFCC, COPE 13 बाट पारित भएको REDD अवधारणा नेपालमा परियोजनाको रुपमा लागू छ । REDD को पूरा रुप के हो ?

४.  सिपाही र रैती, दैलाको वत्ति, फर्केर हेर्दा, मृत्यु एक प्रश्न, जव घाम लाग्छ, लामा पाचुके, बाघ भैरव (नाटक), क्रान्तिका लहरहरु (कविता संग्रह), गुलाव र गुराँश (निवन्ध संग्रह) जस्ता साहित्यिक सृजना गर्ने सर्जक को हुनुहन्छ ?

५.   ५ लिटर तोरीको तेलबाट ५० मिलिलिटरका कतिवटा पाउच वनाउन सकिन्छ ?

सही उत्तरहरु:

१. (ख) गोशाइकुण्ड

२. N. K. Penalosa (Former Mayor of Bogota City, Columbia)

३.  Reduced Emission from Deforestation and Degradation

४.  सत्यमोहन जोशी

५.  १०० वटा

छोटो प्रश्नोत्तर

. व्यवस्थापन विकासका आधारभूत पक्षहरु के के हुन्  ?

  क्षमता विकास भन्ने वित्तिकै तालिम र व्यवस्थापन विकासको सन्दर्भ आइ नै हाल्छ  ।कुनैपनि संगठनको वर्तमान र भविष्यको आवश्यकता पूरा गर्नमा केन्द्रित रहने व्यवस्थापन विकासले देहायका ३ वटा आधारभूत पक्षहरु वा कृयाकलापहरु समेटेको हुन्छ :

  • संगठनको उद्देश्यप्राप्तिका लागि विभिन्न आवश्यकताहरुको परख र विश्लेषण
  • हाल रहेका र संभव रहेका सीपको लेखाजोखा
  • खाडल पूरा गर्न अपनाउनुपर्ने योजना तथा रणनीतिहरु

.  जलवायु परिवर्तनको प्रमुख कारकको रुपमा रहेको हरित गृह ग्याँस (Green House Gases,   GHZ’s) को मात्रा घटाउने उपायहरु उल्लेख गर्नुहोस् ?

हरित गृह ग्याँसको मात्रा कम गरी जलवायु परिवर्तनको समस्या न्युनिकरण गर्न चाल्नुपर्ने प्रमुख कदमहरु यसप्रकार रहेका छन् :

१. कार्वन उत्सर्जन घटाउने : उद्योगमा प्रयोग हुने उपकरण परिवर्तन गरी कार्वन उत्सर्जन नगर्ने तुल्याउने, वनडढेलो एवं आगलागी हुन नदिने, पेट्रोलियम पदार्थको अति उपयोगलाई दुरुत्साहन गर्ने ।

२. कार्वजन शोषण क्षमता वृद्धि गर्ने : हरियाली क्षेत्र, संरक्षित क्षेत्र र वनक्षेत्र वृद्धि गर्ने । दिगो वन व्यवस्थापनका लागि समुदायलाई अगुवाइ गर्न दिने ।

३. कार्वन व्यापारलाई सरलीकृत गरी उपयोग गर्ने : कार्वन शोषणको नक्शाकन/मापन लाई सरलिकृत गर्ने र कार्वन व्यापारबाट प्राप्त कोषलाई वातावरण संरक्षणमा पुन लगानी गर्ने ।

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३८ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस