प्रदेश २ निर्वाचन : पुरानै पार्टीलाई विश्वास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ निर्वाचन : पुरानै पार्टीलाई विश्वास


७ आश्विन २०७४, शनिबार


काठमाडौं । स्थानीय तहको तेस्रो चरणको मतपरिणामले अहिले पनि ग्रामीण भेगमा पुरानै पार्टीमाथि जनविश्वास रहेको देखाएको छ । सहरी तथा राजमार्ग क्षेत्रको मत सबै पार्टीलाई गएको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये १२ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामले कांग्रेस अगाडि देखाएको छ । कांग्रेसले ५ स्थानमा विजय हासिल गरेको छ । एमालेले तीनवटा स्थानीय तह जितेको छ । संघीय समाजवादी फोरमले दुई स्थानमा जित हात पारेको छ भने राजपा नेपालले एक स्थानमा मात्र मतपरिणाम आफ्नो पक्षमा पारेको छ ।

जनकपुर उपमहानगरपालिकासहित ६ स्थानीय तहमा मतगणना जारी छ । जनताको मत पुरानै पार्टीलाई बढी गएको मतपरिणामले देखाएको छ । धनुषाधाम नगरपालिकाको मेयर तथा उपमेयर कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । क्षिरेश्वर नगरपालिकामा पनि कांग्रेसले मेयर तथा उपमेयर जितेको छ । मिथिला बिहारी नगरपालिका मेयर÷उपमेहयमा एमाले विजयी भएको छ ।

संघीय समाजवादी फोरमले गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा विजय प्राप्त गरेको छ । गणेशमान चारनाथ नगरपालिकामा फोरम मेयरमा र माओवादी केन्द्र उपमेयरमा निर्वाचित भएको छ । लक्ष्मीनिया गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमा फोरम विजयी भएको छ । धनुषामा माओवादी केन्द्रको अवस्था पनि कमजोर देखिएको छ । हालसम्म माओवादी केन्द्र सहिदनगर नगरपालिकाको मेयर/उपमेयरमा निर्वाचित भएको छ ।

जनकपुर उपमहानगरपालिकामा राजपा नेपाल मेयरमा कांग्रेसलाई तीन गुणा बढी मतले पछि पारे पनि अन्य तहमा राजपाको उपस्थिति राम्रो छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस