फर्कदै स्वास्थ कर्मचारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

फर्कदै स्वास्थ कर्मचारी


६ आश्विन २०७४, शुक्रबार


काठमाडौं । सेवा प्रवाहका लागि स्थानीय तहमा सबैभन्दा पहिला पुगेका स्थास्थ्यका प्राविधिक कर्मचारी काम गर्ने वातावरण नपाएको भन्दै पुरानै ठाउँमा फर्कन थालेका छन् । स्थानीय तहकै कर्मचारी र निर्वाचित पदाधिकारीबाट सहयोग नमिलेको उनीहरुको गुनासो छ ।

स्थानीय तहले दिने सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले साउन १९ मा मुलुकभरका जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई हरेक गाउँपालिकामा दुई, नगरपालिकामा तीन, उपमहानगरपालिकामा चार र महानगरपालिकामा पाँच गरी विभिन्न तहका प्राविधिकलाई खटाउन निर्देशन दिएको थियो । मुलुकभरका स्थानीय तहमा तीन हजार कर्मचारी खदिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस