स्थानीय तहमा १४००० कर्मचारी खटाइए, ४००० मात्रै उपस्थित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय तहमा १४००० कर्मचारी खटाइए, ४००० मात्रै उपस्थित


२ आश्विन २०७४, सोमबार


काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हालसम्म १४ हजार कर्मचारी खटाएको छ । तर, कार्यक्षेत्रमा भने चार हजार कर्मचारी मात्र पुगेका छन् ।

खटाएकामध्ये दश हजार कर्मचारी बीचैमा हराएको मन्त्रालयको भनाइ छ । ती कर्मचारी कहाँ गए भन्ने कुनै जानकारी नभएको र उनीहरुको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

धेरै स्थानीय तहले अहिलेसम्म कर्मचरी नपाएको गुनासो गरेपछि सामान्यले खटाइएका कर्मचारीको विवरण संकलन गरेको थियो । मन्त्रालयले सफ्टवेयरमार्फत प्रत्येक जिल्लाबाट कुन स्थानीय तहमा कति कर्मचरी पुगेका छन् ? खटिएको मिति, उनीहरुको नामावली, स्थानीय तहमा उनीहरुको जिम्मेवारीलगायत विवरण संकलन गरेको थियो । त्यसरी विवरण संकलन गर्दा करिब चार हजार कर्मचारी मात्र स्थानीय तहमा खथिएको पाइएको सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस