छानी छानी सीडीयो सरुवाः तीन सातामै ६१ जना फेरिए « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

छानी छानी सीडीयो सरुवाः तीन सातामै ६१ जना फेरिए


प्रशासन विशेष ब्युरो

२४ भाद्र २०७४, शनिबार


काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्ष्य गरी आफु निकटलाई प्रमुख जिल्ला अधिकारी(सीडीयो) बनाएर जिल्ला पठाउन थालेका छन् ।

गृहमन्त्री शर्माले एक महिनायता ६१ जिल्लाको प्रजिअ परिवर्तन गरिसकेका छन् । उनले निर्वाचन आचारसंहिता छल्दै १२ भदौको पुरानो मिति राखेर चार दिन अघि मात्रै चार जिल्लाका प्रजिअ सरुवा गरेका छन् ।

मन्त्रालयले २६ साउनमा १० सह सचिव र २१ उपसचिव गरी ३१ जना तथा ८ भदौमा १३ सहसचिव र ३१ उपसचिव गरी ४४ जनाको सरुवा गरेको थियो । पछिल्लो पटक १९ भदौमा ४ जना उप सचिव सरुवा भएका छन् । सरुवा भएका अधिकांस प्रजिअ नै छन् ।

मंसिरमा हुने चनाव आफ्नो पक्षमा पार्न प्रजिअलाई प्रयोग गर्ने दाउमा गृहमन्त्री शर्मा रहेको गृहस्रोतको दाबी छ । मन्त्रालयका अनुसार गृहमन्त्री शर्माले हस्तक्षपमा एक महिनाभित्रै सहसचिव प्रजिअ रहने ४१ जिल्लामध्ये ३४ जिल्ला र उपसचिव प्रजिअ रहने ३४ जिल्लामध्ये २७ जिल्लाका प्रजिअ परिवर्तन गरिसकेका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस