२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद परिवारलाई उपेक्षा

अ+ अ-

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–१ का वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सरोजकुमार यादव २०६२/६३ को जनआन्दोलनका प्रथम शहिद दशनलाल यादवका छोरा हुन् । राजनीतिक दलको बेवास्ताका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु परेको सरोजको भनाइ छ ।

दशनको आन्दोलनका क्रममा राजविराजमा मृत्यु भएको थियो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हेतु आन्दोलनका क्रममा ज्यान गुमाएका दशनलाई दोस्रो जनआन्दोलनको प्रथम शहिदका रुपमा सिंगो मुलुकले सम्मान दिएको छ । वामपन्थी विचारधाराबाट प्रेरित उनी एमालेका सक्रिय कार्यकर्ता थिए ।

‘जनआन्दोलनका क्रममा बुवा शहिद हुनुभन्दा चार वर्षअगाडि माओवादी सशस्त्र युद्धका क्रममा दाजु गुमाउनु पर्यो,’ उनले भने, ‘एकै परिवारका दुई सक्रिय सदस्य राजनीतिक आन्दोलनमा मारिएपछि परिवारको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सक्नुहुन्छ ।’

सरोजका दाजु विनोदकुमारको २०५९ सालमा नेपाली सेनाको जवाफी कारबाहीमा मृत्यु भएको थियो । उनी तत्कालीन नेकपा माओवादीका सक्रिय कार्यकर्ता थिए । सरोज भन्छन्, ‘बुबा लोकतन्त्रका लागि शहिद हुनुभयो, दाइले गणतन्त्र ल्याउन प्राण दिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र पनि आयो तर हामीजस्ता शहिद परिवारको दुर्दशामाथि कसैको पनि ध्यान पुग्न सकेको छैन ।’

त्यस्तै मधेस आन्दोलनका शहिद रामकिशुन राउतका भाइ धर्मपाल राउतले बुधबार हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ३ को वडासदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुनै पनि मधेसी दलले टिकट दिन नमानेपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको राउतले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस