कर्मचारीबाटै नेपाल टेलिकम डुबाउने खेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीबाटै नेपाल टेलिकम डुबाउने खेल


प्रशासन विशेष ब्युरो

२२ भाद्र २०७४, बिहिबार


नेपाल स्टक एक्सचेञ्ज

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीबाटै नेपाल टेलिकमलाई डुबाउने खेल भएको आरोप लगाएका छन् ।

बुधबार नेपाल टेलिकमका प्राविधिकहरूको काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले टेलिकम भित्रैबाट संस्थालाई डुबाउने काम भएको पाइए जो कोहीलाई पनि कारबाही गर्न आफू बाध्य हुने बताएका हुन् ।

बस्नेतले कात्तिक मसान्तभित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

बस्नेतले टेलिकमको ठेक्कापट्टाको काम लिने तर नगर्ने कम्पनीहरूको सम्झौता रद्द गर्ने समेत जनाए । उनले कर्मचारीले एकढिक्का भएर निःस्वार्थ भावनाका साथ काम गरे टेलिकम मुलुककै समृद्ध संस्था हुने र मुलुकलाई नै आर्थिक रूपमा सबल बनाउने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस